कांग्रेसले फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौं । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वलाई दिएको समर्थन फिर्ता लिएको छ। सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

यसअघि नै कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको बूढानीलकण्ठमै बसेको बैठकले प्रतिपक्षमा बसेर संगठन विस्तारमा होमिने निर्णय लिएको थियो।

कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले अबको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here