त्रिशुली दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो, ४१ जनाको उद्धार

काठमाडौं । त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ७ पुगेको छ। प्रहरीको अनुसार उद्धारमा खटिएका प्रहरीले जनाए अनुसार मृत्यु हुनेमा ६ पुरुष र १ जना महिला छन् ।

रूपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बिहान ४:४० बजे धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीस्थित सडकबाट त्रिशूली नदीमा खसेको थियो।

दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ४१ जनालाई जीवितै उद्धार गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here