च्याटजीपीटी र जेमिनाईलाई चुनौती दिने ‘क्लाउड थ्री’

काठमाडौं । एआई र च्याटबोट्सको लोकप्रियतालाई चुनौती दिन एआई स्टार्टअप एन्थ्रोपिकले आफ्नो ‘क्लाउड थ्री’ सार्वजनिक गरेको छ । गुगल र अमेजन समर्थित स्टार्टअप एन्थ्रोपिकले क्लाउड थ्रीको तीन भेरियन्ट सार्वजनिक गरेको हो ।

क्लाउड थ्रीले गुगलको जेमिनी र ओपनएआईको च्याटजीपीटीलाई विभिन्न बेन्चमार्कमा उछिनेको दाबी गरेको छ। सोमबार सार्वजनिक क्लाउड थ्री एन्थ्रोपिकको वेबसाइटमार्फत अहिले उपलब्ध छ । क्लाउड थ्री हाइक’, सोनेट र ओपस गरि तीन भेरियन्टमा उपलब्ध छन् ।

स्टार्टपका अनुसार क्लाउड थ्री ओपस तीन भेरियन्टमा सबैभन्दा सक्षम छ । जसले विभिन्न बेन्चमार्क परीक्षामा ओपनएआईको प्रतिस्पर्धी मोडल जीपीटी फोर र गुगलको जेमिनीलाई पछी पार्ने दाबी स्टार्टपको छ । सीइओ डारियो अमोडेईले सबै भेरियन्टले अभुतपूर्व कार्यप्रस्तुती दिने दावी गरेका छन् । ।

क्लाउड थ्री म्याथमा मात्र जेमनाइ भन्दा सामान्य कम अरु सबै दैनिक गर्ने काममा राम्रो भएको विश्लेषकहरुले टिप्पणी गरेका छन् । पपर्लमेन्स एन्थ्रोपिकका अनुसार यो अहिलेसम्म विकसित भएको सबैभन्दा छिटो र सबैभन्दा शक्तिशाली हो।

क्लाउड थ्री मा केही ठूला नयाँ सुविधाहरू छन्, जसमा फोटो र कागजातहरू अपलोड गर्ने विकल्प, साथै १ लाख ५० हजार शब्दहरू वा सो भन्दा बढी सारांश गर्ने क्षमता समावेश छ। जवकी च्याटजीपीटीसँग हाल लगभग ३००० शब्दहरू सारांशित गर्ने क्षमता छ।

यसबाहेक, स्नातक स्तरको ज्ञान, स्नातक स्तरको तर्क, र आधारभूत स्तरको गणितमा समेत यो अगाडी छ । क्लाउड थ्रीले एन्थ्रोपिकले पहिलो पटक मल्टिमोडल सपोर्ट प्रदान गरेको छ, जसले प्रयोगकर्ताहरूलाई एआईको विश्लेषणको लागि फोटो, चार्ट, कागजात र अन्य विभिन्न प्रकारका असंरचित डेटा अपलोड गर्न अनुमति दिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here