रेशम चौधरीले पाएनन् अध्यक्षको मान्यता, रञ्जीता नेतृत्वकै समिति सदर

काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलाई वैधानिकता दिन अस्वीकार गरेको छ । आयोगको बिहीबारको बैठकले चौधरीलाई अध्यक्ष चयन गरेको अधिवेशन नै अवैधानिक ठहर गर्दै गर्दै रञ्जीता श्रेष्ठ चौधरीलगायत पुरानै कार्यसमितिलाई मान्यता दिएको हो ।

टीकापुर घटनामा जन्मकैद सजाय पाई आममाफी पाएका चौधरीले आफू नेतृत्वको कमिटी अद्यावधिक गर्न माघको अन्तिम साता आयोगसमक्ष निवेदन दिएका थिए ।

गएको पुस २७ गते कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनबाट चौधरी अध्यक्षमा निर्वाचित भएका थिए । त्यसअघि, पार्टी अध्यक्ष रेशमपत्नी रञ्जीता श्रेष्ठ थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here