यसरी मनाइयो सैनिक मञ्च टुँडिखेलमा सेना दिवस

काठमाडौं । नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले आफ्नो स्थापनाको २६१औँ वार्षिकोत्सवका शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं सांगीतिक प्रस्तुतिकासाथ मनाएको छ ।

सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगाएत उच्च पदस्थहरुको सहभागीता रहेको थियो।

समारोहमा सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै राष्ट्रिय झण्डा र ‘सेना दिवस-२०८०’ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो। समारोहमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाज, प्यारासुटलगातका प्रस्तुति देखाइएको छ ।

सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here