गठबन्धन सरकार सञ्चालनको नीति बनाउन १० सदस्यीय कार्यदल

काठमाडौं । सत्तारुढ गठबन्धनले सरकारलाई सहयोग गर्न भनेर १० सदस्यीय कार्यदल गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेसँगै कार्यदल बनेको हो । सरकारमा सहभागी भएका पाँच दलले दुई दुई जना रहने गरी कार्यदल बनाएका हुन्।

कार्यदलमा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र विष्णु रिमाल, माओेवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र मुकुल ढकाल छन्।

त्यस्तै एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र घनश्याम भुसाल छन् भने जसपाबाट मनिष सुमन र राजेन्द्र श्रेष्ठ रहेका छन्।

आइतबार अर्थ मन्त्रालयमा कार्यदलको बैठक बसेर सरकारको न्युनतम साझा कार्यक्रममाथि छलफल थालेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here