महाशिवरात्रि मनाउन पशुपतिनाथ आएका साधुसन्तलाई दक्षिणासहित बिदाई (फोटोफिचर)

काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषले आइतबार भारतलगायत विभिन्न ठाउँबाट पशुपतिनाथमा आएका साधुसन्तहरुलाई दक्षिणा दिएर बिदाइ गरेको हो ।

साधुसन्तहरुलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित २ सयदेखि ९ हजारसम्म दक्षिणा दिएर बिदाई गरिएको कोषले जनाएको छ । यसवर्ष साधुसन्तको बिदाई र दक्षिणाका लागि करिब २० लाख छुट्टाइएको गुठी संस्थानले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here