टी-२० अन्तर्राष्ट्रिय क्रिकेट: उपाधिबाट चुक्यो नेपाल, पीएनजीसँग लज्जास्पद हार

काठमाडौं । नेपाली टोली हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिबाट चुकेको छ ।

नेपाली टोली फाइनलमा बुधबार पपुवा न्युगिनी (पीएनजी) सँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको हो । हङकङमा पीएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ३ बलमा ८५ रनमा समेटिएको हो ।

नेपालका लागि सन्दीप जोराले १७, आरिफ शेखले १५ र कप्तान रोहित पौडेलले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here