उदयपुर जीप दुर्घटनाका मृत्यु हुनेको संख्या ८ पुग्यो, ९ जना घाइते

काठमाडौं । भोजपुर र उदयपुर जोड्न चुवार पुल नजिकै भएको भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ जना पुगेको छ । ६ महिने शिशुसहित ७ जनाको घटनास्थलमै र उपचारको क्रममा थप एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ९ जना घाइते घाइते भएका छन् ।

मृतक अधिकांश भोजपुर हतुवागढी गाउँपालिकाका छन् । धरानबाट छुटेको को. १ ज २५९३ नम्बरको जीप आज बिहान साढे ११ बजेतिर उदयपुरको बेलका-७ बाखाकुवामा दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा मान बहादुर बस्नेत- हतुवागढी गाउँपालिका-२ (चालक), चन्द्रप्रकाश राई- हतुवागढी-२, रामकुमारी राई (ममता)- हतुवागढी-५, पदमबहादुर थापा- बराहक्षेत्र- ३, दिशान राई- हतुवागढी-२, ,किसन राई -हतुवागढी-५ , कमला अधिकारी इटहरी, पर्वतमाया राई-हतुवागढी- २ का रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here