काठमाडौं । रुसी सेनामा कार्यरत थप ७ नेपाली नागरिकको मृत्यु भएको छ । रुस(युक्रेन युद्धमा थप ७ जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको हो ।
परराष्ट्र मन्त्रालयले जारी गरेको सूचना अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदरयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् ।