सुन तस्करीमा पूर्वसभामुख महराको संलग्नता देखिएको छानबिन समितिको ठहर, मुद्दा चलाउन सिफारिस

काठमाडौं । सुन तस्करीमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराको संलग्नता देखिएको छानबिन समितिले ठहर गरेको छ ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महराको संलग्नता देखिएको भन्दै मुद्दा चलाउन सिफारिस गरेको हो ।

बिहीबार आयोगले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । इलेक्ट्रिक चुरोट ‘भेप’ मार्फत् भएको सुन तस्करीमा महराको नाम जोडिएको थियो ।

महरालाई आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा भेप मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here