हरिवंश आचार्यले भने- ‘काम देउ न सरकार’ (भिडियोसहित)

काठमाडौं । हरिवंश आचार्यले मुटु फस्याथ्यो’ बोलको गीत सार्वजनिक गरेका छन्। गायनमा हरिवंश आचार्यलाई समीक्षा अधिकारीले साथ दिएकी छन्। श्यामस्वेत रसाइलीले एरेन्ज गरेको यो गीतको भिडिओ सम्पादन भुपेन्द्र अधिकारी, कोरियोग्राफी दिवस गिरी र छायांकन नवराज उप्रेतीले गरेका हुन्।

आचार्यकै शब्द र संगीत रहेको गीतमा देशको बेरोजगारी र वैदेशिक रोजगारको समस्यालाई उठान गरिएको छ। गम्भिर विष्टले निर्देशन गरेको यो गीतको भिडिओमा हरिवंशसँगै प्रियंका कार्की, सरोज ओली र अञ्जली अधिकारीले अभिनय गरेका छन्। गीतमार्फत आचार्यले ‘काम देउ न सरकार’ भन्दै देशका युवापुस्ताको भावना उजागर गर्न खोजेको छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here