दशरथ रङशालामा खेलकुद बाहेकका गतिविधि गर्न रोक

काठमाडौं । दशरथ रङशालामा खेलकुद बाहेकका गतिविधि गर्न तत्काललाई रोक लगाएको छ।

युवा तथा खेलुकद मन्त्रालयले दशरथ रंगशाला सहित देशका अन्य रंगशालाहरुको सञ्चालन सम्बन्धमा आवश्यक मापदण्ड सहितको कार्यविधि जारी गर्ने र खेल क्यालेन्डर बनाउने प्रक्रिया अगाडि बढिसकेकाले सो प्रकृया नटुंगिएसम्म खेलकुद बाहेकका गतिविधि नगर्न निर्देशन दिएको हो।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘फिफा विश्वकप २०२६ छनोट फुटबल प्रतियोगिताअन्तर्गत नेपाल र बहराइन बीच हुने भनिएको दुवै खेल दशरथ रंगशालाको नाजुक स्थितिको कारण बहराइनमा हुने भन्ने खबर प्राप्त भएको एवम् मैदानको अवस्थाकै बीच मर्मतसंभार बिनानै निरन्तर खेलकुद लगायत अन्य गतिविधि भइरहेको तर्फ यस मन्त्रालयको ध्यानाकर्षण भएको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here