भोजपुरमा आगलागी, एकै परिवारका तीन बालबालिकाको मृत्यु

काठमाडौं । हतुवागढी गाउँपालिका वडा नम्बर ७ पात्लेपानी पिप्लेमा आगलागी हुँदा एकाघरका ३ बालबालिकाको मृत्यु भएको छ ।

साँझ साढे ५ बजेतिर खोल्मामा लागेको आगोबाट केदार कार्कीका ५ वर्षका छोरा प्रनिश कार्की र रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस कार्कीको मृत्यु भएको हो । गोठबाट सल्किएको आगोले खेलिरहेका बच्चालाई भेटेको र उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here