सुन तस्करीमा मुछिएका महरासहितका आरोपितलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) काण्डमा मुछिएका र दोषी भनी जाँचबुझ आयोगले किटान गरेका व्यक्तिहरूमाथिको कारबाही गर्न निर्देशन दिएका छन्।

गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)का प्रमुख श्याम ज्ञवालीलाई यस्तो निर्देशन दिएका हुन।

लामिछानेले पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महरासहित यस प्रकरणमा आयोगले किटान गरेका निजामती कर्मचारी, प्रहरी र अन्य तस्करीमा संलग्न रहेका व्यक्तिलाई बयान लिई कारबाही अघि बढाउन निर्देशन दिए। जाँचबुझ आयोगले गृहमन्त्रीलाई चैत १ मा प्रतिवेदन बुझाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here