काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीस्थित गलौंदी खण्डमा थप मर्मत गर्नुपर्ने भएकाले आज रातिदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार नदीको कटानका कारण भासिएको थप मर्मतसम्भारका लागि गाडी चलाउन रोक लगाइएको हो।
जसअनुसार आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिनेछ।
उक्त सडकखण्डमा अझै थप मर्मतको कार्य गर्नुपर्ने आवश्यकता देखिएकाले यात्रुलाई कम प्रभाव परोस् भनेर रातिको समय पारेर आवागमन रोक्न लागिएको हाे।
