गण्डकीमा नयाँ ट्वीस्ट, समाजवादी त्यागेर दीपक मनाङे फेरि स्वतन्त्र

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद राजीव गुरुङ (दीपक मनाङे)ले पार्टी परित्याग गरेका छन्।

स्वतन्त्र उम्मेदवार भएर मनाङबाट निर्वाचित मनाङे पछि नेकपा एकीकृत समाजवादी प्रवेश गरेका थिए। बिनाकारण केन्द्रमा फेरिरहने गठबन्धनका कारण देशमा अस्थिरता मौलाउने भन्दै उनले दलीय आबद्धता त्यागको निवेदन दर्ता गराएका हुन् ।

‘स्वतन्त्ररूपमा मनाङे जनताको मन जितेर निर्वाचित भएको र आजको मितिदेखि नेकपा (एकीकृत समाजवादी) दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्याई स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन प्रदेशसभा सचिवलाई निवेदन पेस गर्दछु’, उनले निवेदनमा लेखेका छन् ।

गत फागुन २१ गते केन्द्रमा नेपाली कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीसहितको गठबन्धनको सरकार बदलिएर नेकपा माओवादी, एमाले, नेकपा एकीकृत समाजवादीसहितको गठबन्धनको सरकार बनेको छ। प्रदेश सरकारमा पनि केन्द्रको गठबन्धनको असर देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here