नर्स हत्या गरेर भागेका प्रेमी शिवशंकरले गरे आत्महत्या

काठमाडौं । विराटनगरको नोवेल टिचिङ अस्पतालकी एक स्टाफ नर्सको हत्या प्रकरणमा संलग्न भनिएका प्रेमी मृत फेला परेका छन् । उनको हत्या प्रेमी २२ वर्षीय शिवशंकर दासले गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

अस्पतालको अर्थो विभागमा कार्यरत २५ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दास चार दिनअघि मृत फेला परेकी थिइन् । शिवशंकर २७ फागुनमा मलेसियाबाट काठमाडौँ फर्किएका थिए ।खोजीमा प्रहरी सक्रिय भएकै बेला दाससमेत मृत भेटिएका छन् ।

विराटनगर – ४ नोबल हस्पिटल अगाडीको होटल फाइनको कोठा नम्बर १०२ झुण्डिएको अवस्थामा आइतबार राति मृत भेटिएको प्रहरीले जनाएको छ । उनी २९ फागुनमा विराटनगर आएको देखिन्छ । विराटनगर आएपछि उनी प्रेमी चन्द्रिकाकुमारीको डेरामा बसेको प्रहरीले जनाएको छ ।

प्रेममा उत्पन्न खटपटपछि बिहीबार दिउँसो हत्या भएको प्रहरीले जनाएको छ । हत्यामा किचनमा प्रयोग हुने कटर प्रयोग भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here