काठमाडौं । नेपाली महिला क्रिकेट टीमकी पूर्वकप्तान नेरी थापामगरले क्रिकेटबाट सन्यास लिएकी छन् । उनले सामाजिक संजालमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेकी हुन् ।
‘‘खेलबाट सन्यास लिएको हो । तर सम्झनाबाट होइन । मेरो यात्रामा मलाई साथ दिने र उत्प्रेरित गर्ने सबैलाई म धन्यवाद दिन्छु। म विशेष गरी मेरो परिवारलाई धन्यवाद दिन्छु जसले मलाई यात्रामा सधैं साथ दिनुभयो। मलाई आशा छ यो यात्रा क्रिकेटमा संन्यास होस् तर जीवनमा होइन,’ उनले भनेकी छन् ।
नेरी थापाको कप्तानीमा नेपालले पहिलोपटक २००७ मा अन्तर्राष्ट्रिय खेल खेलेको थियो । उनले एसीसी महिला च्याम्पियनसिपमा नेपाली महिला राष्ट्रिय टिमको कप्तानी गरेकी थिइन् ।