मेस्सीले नखेलेपछि टिकटको पैसा आधा फिर्ता !

एजेन्सी । चर्चित फुटबल खेलाडी लिओनेल मेस्सीले गत फेब्रुअरी महिनामा हङ्‌कङमा पूर्वनिर्धारित खेल नखेलेपछि आक्रोशित बनेका फ्यानहरूले आफूले टिकट किन्दा खर्चेको रकमको ५० प्रतिशत रकम फिर्ता पाउने भएका छन् ।

घटनाबारे कुनै न्यायिक निकायमा उजुरी नगर्ने सर्तमा रकम फिर्ता दिइने आयोजकले बताएको छ। केही दर्शकले प्रतिटिकट ४ हजार आठ सय ८० हङकङ डलरसम्म तिरेका थिए।

आधिकारिक प्लेटफर्म क्लोकमार्फत टिकट खरिद गर्नेहरूले इमेलको जवाफ दिन र फिर्ताको लागि नियम र सर्तहरू स्वीकार गर्न अप्रिल १२ सम्मको समय पाउनेछन्। मेस्सीले आफूलाई चोट लागेका कारण खेल्न नसकेको बताएका थिए।

तर त्यसको तीन दिनपछि जापानको टोक्योमा भएको खेलमा मैदानमा ओर्लिएपछि चिनियाँ प्रशंसकहरूले उनको चर्को आलोचना गरेका थिए। त्यसपछि टिकटको पैसा फिर्ता दिनुपर्ने माग उठेको थियो। तदनुरूप आयोजक ट्याट्लर एशिया आधा रकम फिर्ता दिन तयार भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here