राष्ट्रिय फुटबल टोलीसँग जान थप दुई जनालाई मात्रै स्वीकृति

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बहराइनमा चैत ८ र १३ गते हुने फिफा विश्वकप २०२६ को छनोट चरणको प्रतियोगितामा खेलाडीसहित अनिवार्य सहभागी हुनुपर्ने टोलीमा २ जनालाई मात्रै स्वीकृति दिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले अनुरोध गरेकामध्ये डाक्टर राजु डंगोल महर्जन र मिडिया अफिसर गोविन्दराज नेपाललाई मात्रै स्वीकृति दिइएको हो । एन्फाले उक्त छनोट प्रतियोगितामा जानका लागि खेलाडीसहित ४१ सदस्यीय टोलीको सहभागिताका लागि स्वीकृति माग गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here