मुवाँथाईमा नेपाललाई ऐतिहासिक सफलता

काठमाडौं । नेपालका गुणराज रुचालले १९औं मुवाँथाई विश्व च्याम्पियनसिपमा ऐतिहासिक सफलता हात पारेका छन् । मंगलवार थाइल्यान्डको बैंककमा सम्पन्न प्रतियोगिताअन्तर्गत सेमी प्रोको पुरुष ५४ केजीमा गुणराजले इटालीका ग्राभियल ओलारिउलाई हराउँदै स्वर्ण जितेका हुन्।

यसअघि विश्व च्याम्पियनसिपको सेमी प्रोमा कुनै पनि नेपाली खेलाडीले स्वर्ण जित्न सकेको थिएनन् । गुणराज विश्व च्याम्पियनसिपको आठौं सहभागितामा स्वर्ण जित्न सफल भएका हुन् । गुणराजको उपलब्धि मुवाँथाईमा कुनै पनि नेपाली खेलाडीले हासिल गरेको उच्च हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here