यम तमुले दिए महिला फुटबल टोलीलाई १० लाख नगद

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूलाई यम तमुले व्यक्तिगत रूपमा यम तमुले १० लाख रुपैयाँ नगद सहित सम्मान गरेका छन् ।

बुधवार ललितपुरमा आयोजित सम्मान कार्यक्रममा यम तमुकी श्रीमती उमा गुरुङले नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई नगद १० लाख रुपैयाँ सहित सम्मान प्रदान गरेकी हुन् । गत महिना मात्रै साउदी अरबमा सम्पन्न भएको वाफ च्याम्पियनसिपमा नेपाल उपविजेता भएर फर्केको थियो ।

महिला फुटबल टोलीका २३ जना खेलाडीहरूलाई ४३-४३ हजार रुपैयाँका दरले १० लाख रुपैयाँ प्रदान गरिएको छ । त्यस्तै, खेलाडीबाहेकका अफियसयल तथा व्यवस्थापकहरूलाई पनि तमुद्वारा २०-२० हजार रुपैयाँ नगद सहित सम्मान दिइएको हो । अफिसियलका लागि कुल १ लाख ६० हजार रुपैयाँ प्रदान गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here