विश्वकप छनोट: नेपालमाथि बहराइनको ५ गोल

काठमाडौं । विश्वकप एसियाली छनोट दोस्रो चरणको बिहीबार राति भएको खेलमा नेपाल बहराइनको हातबाट ५–० ले पराजित भएको छ ।

रिफास्थित नेसनल स्टेडियममा भएको खेलमा बहराइनले तीन गोल पहिलो हाफमा गरेको थियो । खेलको सुरुवातमै नेपाल सम्हालिन नपाउँदै बहराइनले गोल गरेको थियो ।

बहराइनको यस जितमा महदी हुमाइदान, सायद बकेर, अलि मादन, इब्राहिम अल खतल र इस्माइल अब्दुल लतिफले गोल गरे । समूह ‘एच’ को खेलमा नेपालको यो लगातार तेस्रो हार हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here