ग्लोबल आइएमईको ‘ग्रिन ड्राइभ’ कर्जा योजना, ईभी किन्न ९.४९ प्रतिशतमै ऋण दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अटो कर्जाअन्तर्गत विद्युतीय सवारी साधन प्रवद्र्धन गर्न न्यूनतम् ब्याजदरमा ग्रिन ड्राइभ योजना ल्याएको छ । यस योजना अन्तर्गत बैंकले व्यक्तिगत प्रयोजनको लागि चारपाङ्ग्रे विद्युतीय सवारी (ईभी) खरिद गर्न ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ ।

बैंकका अनुसार ५ वर्षसम्मका लागि ९.४९ प्रतिशत र ७ वर्षे अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा सवारी कर्जा उपलब्ध गराइने छ ।

न्यूनतम् सहित स्थिर ब्याजदरमा सार्वजनिक भएको उक्त ग्रिन ड्राइभ योजना सरल तरिकाले छिटो कर्जा उपलब्ध हुने भएकोले विद्युतीय सवारी साधनको प्रयोग गर्ने मनस्थिति बनाएका ग्राहक यस योजनाबाट लाभान्वित हुने बैंकको विश्वास छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here