दाङमा करेन्ट लागेर एकै घरका ३ जनाको मृत्यु

दाङ । दाङमा करेन्ट लागेर एकै घरका ३ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार शनिबार दिउँसो हाइटेन्सन लाइनको विद्युत्‌को तार चुँडिएर करेन्ट लाग्दा राप्ती गाउँपालिका ३, घण्टदेव चोकका ५५ वर्षीया दिलसरा केसी, उनका ६० वर्षीय पति गोरखबहादुर केसी र ४ वर्षीय नाति कृष्ण केसी रहेको हो ।

करेन्ट लागेर घाइते भएका गोरखबहादुरको भने लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुई जनाको शव पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here