साताको अन्त्यमा ओरालो लाग्यो शेयर बजार, १८ अंकले घट्यो नेप्से

काठमाडौं, २ असोज । लगातार दुई दिनमा ५० अंकले बढेको शेयर बजार विहिवार पुन १८ अंकले घटेको छ ।

विहिवार नेप्से परिसूचक १८.१२ अंकले घटेर १ हजार १ सय ५५.३० अंकमा झरेको छ ।

विहिवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.४९ प्रतिशतले घटेर २ सय ५२.२१ अंकमा झरेको छ ।

विहिवार १ सय ६६ कम्पनीको १२ लाख २४ हजार ५ सय ७२ कित्ता शेयर किनबेच हुँदा ३९ करोड ९९ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भयो ।

विहिवार कारोबारमा आएका मध्ये ट्रेडिङ र सामुहीक लगानी कोष बाहेक अन्य सबै समुहको सूचक घट्यो ।

विसिवार सबैभन्दा धेरै अन्य समुहको सूचक घट्यो । अन्यको सूचक २.७८ प्रतिशतले घट्यो ।

त्यस्तै, र्निजीवन बिमा कम्पनीको २.३४ प्रतिशत, उत्पदन समुहको १.७३ प्रतिशत, बैंकिङ समुहको १.३८ प्रतिशतले बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

विहिवार सबैभन्दा धेरै समता लघुवित्त वित्तीय संस्थाका शेयर धनीले कमाए । समताको शेयर मूल्य १० प्रतिशतले बढ्यो ।

त्यस्तै, एक्सेल विकास बैंकको ७.२२ प्रतिशत, नेशनल लघुवित्त वित्तीय संस्थाको ५.७६ प्रतिशतले बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा गुँरास लघुवित्त वित्तीय संस्थाका शेयर धनी रहेका छन् । गुँरासको शेयर मूल्य ८.४६ प्रतिशतले घट्यो ।

त्यस्तै, स्पर्श लघुवित्त वित्तीय संस्थाको ८.१३ प्रतिशत, नेपाल इन्स्योरेन्स कम्पनीको ७.२१ प्रतिशतले घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

विहिवार सबैभन्दा धेरै कारोबार गर्नेमा सिभम सिमेन्ट कम्पनी रहेको छ । कम्पनीले ५ करोड २४ लाख ६२ हजार रुपैयाँ बराबरको बारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here