दुर्गा प्रसाईंलाई मेडिकल कलेज चलाउन बाटो खुल्यो, सम्बन्धन दिन सर्वोच्चको आदेश

काठमाडौं । झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले सोमबार उक्त निर्णय सुनाएको हो। मेडिकल कलेजको मान्यता नदिएपछि कलेजका तर्फबाट प्रसाईले २०७७ असार २१ र २०७७ असोज ३० गते आयोगविरुद्ध रिट दायर गरेका थिए।

त्यही रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्च अदालतले रिट जारी गरेको हो । मेडिकल व्यवसाय हुँदै राजनीतिक कनेक्सन बनाएका दुर्गा प्रसाईले खोलेको उक्त मेडिकल कलेजको सम्बन्धनलाई लिएर लामो समयदेखि विवाद जारी थियो ।

मेडिकल कलेज सञ्चालनका लागि कम्तिमा १६ बिघा जमिन, ३०० शैयाको अस्पताल, उपकरण, अस्पतालमा दैनिक बिरामीको परीक्षण, शल्यक्रिया, पुस्तकालय, विभागीय जनशक्तिलगायत आवश्यक मानिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here