दक्षिण अफ्रिकामा बस दुर्घटना : ४५ जना मारिए-८ वर्षीया बालिकाको जिवितै उद्दार

LIMPOPO DEPARTMENT OF TRANSPORT\BBC

काठमाडौं । दक्षिण अफ्रिकामा एउटा बस पुलबाट झन्डै ५० मिटर तल खस्दा ४५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा एकजना आठ वर्षीया बालिका जीवित भेटिएकी छन्।

उनको अवस्था गम्भीर छ र अहिले अस्पतालमा उपचार भइरहेको छ। बस उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बारमा ठोकिएर दुर्घटनाग्रस्त भएको थियो र खसेपछि त्यसमा आगो लागेको थियो।

त्यो बसमा बोत्स्वानाको राजधानी गाबारोनेबाट मोरिया सहरमा इस्टरका निम्ति यात्रा गरिरहेका तीर्थयात्रीहरू रहेका थिए। दक्षिण अफ्रिकाको सरकारी प्रसारक एसएबीसीका अनुसार बसले नियन्त्रण गुमाएपछि जोहानेसबर्गबाट करिब ३०० किलोमिटर उत्तरस्थित मोकोपेन र मर्केन बीचमा रहेको एउटा पुलबाट खसेको थियो।

बिहीवार साँझसम्म उद्धार कार्य सञ्चालन भएको थियो। मृतकमध्ये केहीको शव निकाल्न गाह्रो भएको बताइएको छ। घटनास्थल पुगेका यातायात मन्त्री सिन्दसिवे चिकुङ्गाले बस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारप्रति समवेदना प्रकट गरिन्। उनले दक्षिण अफ्रिकी सरकारले शवहरू हस्तान्तरण गर्न र दुर्घटनाको कारणबारे पूर्ण अनुसन्धान गर्न सहयोग गर्ने बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here