शाओमीले ल्यायो इभी, बिक्री खुलाएको २७ मिनेटमै ५० हजारभन्दा बढी अर्डर

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता शाओमीले आफ्नो पहिलो इलेक्ट्रिक भेहिकल ईभी लन्च गरेको छ। सो इलेक्ट्रिक गाडीको अर्डर लिन सुरु भइसकेको बताइएको छ ।

हालै भएको एक कार्यक्रममा टेक्नोलोजी जायन्टका प्रमुख कार्यकारी ली जुनले स्ट्यान्डर्ड एसयू सेभेन मोडलको मूल्य २ लाख १५ हजार ९ सय युआन अर्थात २९ हजार ८ सय ७२ अमेरिकी डलर र म्याक्स भर्सनको मूल्य २ लाख ९९ हजार ९ सय युआन तोकिएको जानकारी दिए ।

कम्पनीले बिक्री खुलाएको पहिलो २७ मिनेटमा नै ५० हजारभन्दा बढी अर्डर प्राप्त गरेको जनाएको छ। शाओमीको इलेक्ट्रिक कार बजारमा प्रवेश विश्वव्यापी रूपमा बिक्री वृद्धि सुस्त हुनुका साथै प्राइस वार सुरु भएको छ।

यो कदमले टेक्नोलोजी जायन्टले टेस्ला र बीवाईडी लगायत ईभी प्रतिद्वन्द्वीहरूसँग प्रतिस्पर्धा गर्नेछ। टेस्लाको मोडेल ३ को चीनमा प्रारम्भिक मूल्य २ लाख ४५ हजार ९ सय युआन रहेको छ ।

पोर्शको टेकान र पानामेरा मोडेलसँग तुलना गरिएको एसयू सेभेनको न्यूनतम रेन्ज ७०० किलोमिटर हुने र टेस्ला मोडल ३ को ५६७ किलोमिटरलाई पछि पार्ने लेइले बताए ।

कम्पनीले एसयू सेभेनको फोन, ल्यापटप र अन्य उपकरणहरूको साथ साझा अपरेटिंग सिस्टमले विद्यमान ग्राहकहरूलाई आकर्षित गर्नेछ।रिसर्च फर्म काउन्टरपोइन्टका अनुसार शाओमी १२ प्रतिशत बजार हिस्साका साथ विश्वभरस्मार्टफोनको तेस्रो ठूलो बिक्रेता हो ।

सरकारी स्वामित्वको कार निर्माता बीएआईसी ग्रुपको एक युनिटले बेइजिङको एक प्लान्टमा यो निर्माण गर्नेछ जसले एक वर्षमा २ लाखसम्म सवारी उत्पादन गर्न सक्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here