केजरीवाल पक्राउपछि दिल्लीमा आज विपक्षी दलको शक्ति प्रदर्शन

काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफतारीपछि आज दिल्लीमा विपक्षी दलहरुले विशाल शक्ति प्रदर्शनको तयारी गरेका छन् । भारतको राजधानी दिल्लीमा इण्डिया गठबन्धनमा आवद्ध २८ वछा दलका नेता सहभागी हुने भएका छन् ।

प्रदर्शनमा सोनिया गान्धी, राहुल गान्धी, लालू यादव, ममता बनर्जी, फारूक अब्दुल्ला, एमके स्टालिन, उद्धव ठाकरे, अखिलेश यादव समेत सहभागी हुने समाचारमा उल्लेख छ । कांग्रेसले यस प्रदर्शनलाई लोकतन्त्र बचाउ अभियानका रुपमा लिएको बताएको छ ।

यसको उद्देश्य कुनै व्यक्तिलाई बचाउने नभई समग्र लोकतन्त्रको रक्षा गर्नु रहेको कांग्रेसको भनाई छ । आइतबार प्रधानमन्त्री निवास नजिकै हुने प्रदर्शनले विपक्षी दलले भाजपालाई चूनौति दिन खोजेका छन् । दिल्लीका मूख्यमन्त्री केजरीवाललाई केन्द्र सरकारले पक्राउ गरेको छ । उनीमाथि घाटालाको आरोप लगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here