त्रिकोणात्मक टी–२० मैत्रीपूर्ण खेलमा नेपाल गुजरातसँग खेल्दै

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले आज भारतको स्टेट टीम गुजरातसंँग खेल्दैछ । उक्त खेल साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ ।

नेपालसहित भारतका दुई स्टेट टीम गुजरात र बरोडाले त्रिकोणात्मक टी-२० सिरिज खेल्नेछन् । सिरिज डबल राउन्ड रोबिनमा हुनेछ ।

नेपालले त्यहाँ रहँदा गुजरातका साथै बरोडासँग पनि खेल्ने छ।

गुजरात क्रिकेट एशोसिएसनको आयोजनामा हुन लागेको खेल राउन्ड रोविनको आधारमा खेलाइने सिरिजमा नेपालले ४ खेल खेल्ने छ। चैत २० मा दोस्रो खेल बरोडासँग खेल्ने नेपालले २१ चैतमा फेरि गुजरात र २३ चैतमा बरोडासँग खेल्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here