‘बैंकको पैसा तिर्दिनँ भनेको छैन, राज्यले तड्पाइराखेको थियो सर्वोच्चले न्याय दियो अब तिर्छु’

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्च अदालतले गरेको फैसलाले न्याय मरेको छैन भन्ने प्रमाणित भएको बताएका छन् ।

आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै राज्यले १३ वर्षदेखि बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन नदिएर तड्पाइरहेकोमा अहिले आएर सर्वोच्चले न्याय दिएको बताए ।

‘हामी सबैको पहलमा सर्वोच्च अदालतबाट १३ वर्षपछि अन्याय परेको हामीलाई न्याय मिलेको छ । एलओआई दिएर पनि १३ वर्षदेखि हामीलाई तड्पाइराखेको थियो’, उनले भने, ‘न्याय मरेको छैन भन्ने कुरा सर्वोच्चले स्थापित गरेको छ। न्यायपालिकालाई धन्यवाद दिन चाहन्छु ।’

नले मेडिकल कलेजको सम्बन्धन पाएपछि बैंकको ऋण तिर्ने समेत बताए । “मैले ‘एफिलेसन’ उपहार पाएको होइन । संघर्ष गरेर पाएको हो । एफिलेसन आयो । बैंकको पैसा तिर्छु । मैले बैंकको पैसा तिर्दिनँ कहिल्यै भनेको छैन ।