सुनले फेरी बनायो नयाँ रेकर्ड, यसकारण आकासियो भाउ

काठमाडौं । नेपाली बजारमा सुनको भाउले फेरी नयाँ रेकर्ड बनाएको छ। सोमबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर रेकर्ड बनाएको हो । यसअघि आईतबार प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज एकैदिन सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १५ सय २५ रुपैयाँमा कारोबार भएको थियो । आज बढ्दै प्रतितोला १५ सय ३५ रुपैयाँ पुगेको हो ।

विश्वबजारमा डलरको भाउमा गिरावट आउदा लगानीकर्ताहरु सुनतिर आकर्षित भएको देखिन्छ । जसले गर्दा सुनको भाउ दिनदिनै बढेको बिश्लेसकहरु बताउछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here