शाओमी इभी प्रि–अर्डर गरेका ग्राहकले ६ महिनापछि मात्र गाडी पाउने

काठमाडौं ।चिनियाँ स्मार्टफोन निर्माता शाओमीका ग्राहकहरुले आफ्नो इभी लिन कम्तिमा पनि ६ महिना कुर्नुपर्ने भएको छ ।

शाओमीले आफ्नो पहिलो इलेक्ट्रिक भेहिकल (इभी) लन्च गरेको केही दिनपछि नै खरिदकर्ताहरुले आफ्नो कार डेलिभरीका लागि ६ महिनासम्म पर्खनु पर्ने बताएका छन् ।

कम्पनीले क्रेताहरूलाई एसयू सेभेन म्याक्स डेलिभरी गर्न २७ हप्ता लाग्न सक्ने सल्लाह दिएको पाइएको छ । कम्पनीले आफ्ना उपभोक्ताको माग अनुसार हालै इभी उपलब्ध गराउन नसक्ने भएकोले ६ महिना कुर्नुपर्ने बताएको हो ।

कम्पनीले बिहीबारदेखि अर्डर लिन सुरु गरेको २४ घण्टाभित्रै ८८ हजार ८सय ९८ वटा प्रि–अर्डर आइसकेको बताएको थियो ।

करिब १२ प्रतिशत बजार हिस्साका साथ विश्वको तेस्रो ठूलो स्मार्टफोन बिक्रेता रहेको टेक्नोलोजी जायन्टले कारको लागि विश्वको सबैभन्दा ठूलो बजारमा टेस्ला र बीवाईडी लगायत ईभी प्रतिद्वन्द्वीहरूसँग प्रतिस्पर्धा गर्दैछ।

स्ट्यान्डर्ड एसयू सेभेन मोडलको मूल्य लाख१५ हजार ९ सय युआन अर्थात २९ हजार ८ सय ७२ अमेरिकी डलरर म्याक्स भर्सनको मूल्य २,९९,९०० युआन रहेको छ ।

टेस्लाको मोडेल ३ को चीनमा प्रारम्भिक मूल्य २,४५,९०० युआन रहेको छ ।

शाओमीले ल्यायो इभी, बिक्री खुलाएको २७ मिनेटमै ५० हजारभन्दा बढी अर्डर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here