नेपाल टेलिकमद्वारा आलाकार्टा शुल्क प्रणाली लागू, यस्तो छ शुल्क

काठमाडौं । नेपाल टेलिकमले आलाकार्टा शुल्क प्रणाली लागू गरेको छ । टेलिकमका प्रवक्ता हरि ढकालले विज्ञप्तिमार्फत आलाकार्टाको शुल्क सार्वजनिक गरिएको जानकारी दिए ।

आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी सरकारको आलाकार्टा शुल्क प्रणाली लागू गर्ने निर्देशन बमोजिम आफ्नो टेलिभिजन सेवाका ग्राहकहरूका लागि सो प्रणाली लागू गरेको हो ।

सो अनुरूप ग्राहकले बेसिक प्याकेज वा प्रिमियम प्याकेजमा आवश्यकता अनुसार बुटिक प्याकेज थप गरी प्याकेजहरू खरिद गर्न सकिने व्यवस्था छ ।

बेसिक प्याकेज लिएका ग्राहकहरूले थप बुटिक प्याकेज खरिद गर्नका लागि टीभीको मेन्युमा गएर आफैं खरिद गर्न सक्नेछन् ।

यस आलाकार्टा शुल्क प्रणालीमा आफ्नो रुचि बमोजिमका प्याकेज खरिद गरी सो को मात्र भुक्तानी गर्न मिल्ने भएको हुँदा यसबाट ग्राहकहरूलाई फाइदा पुग्ने कम्पनीको विश्वास छ ।

के हो आलाकार्टा शुल्क प्रणाली ?

आलाकार्टा शुल्क प्रणाली भनेको उपभोक्ताले आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्ने प्रणाली हो ।

यसबाट उपभोक्तालाई न्याय हुने अपेक्षा गरिएको छ किन भने यो प्रणाली लागू नहुँदा आफूले नहेर्ने र अनावश्यक च्यानल सहितको प्याकेजका लागि समेत ग्राहकले शुल्क तिर्नुपर्ने हुन्छ । छिमकी देश लगायत विश्वका धेरैजसो मुलुकमा यो प्रणाली प्रचलनमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here