प्राधिकरण फेरि भन्यो-‘बक्यौता नतिर्ने स्थानीय तहको सडक बत्ती जुनसुकै बेला काट्छौं’

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सडकबत्ती प्रयोग गरेबापत भुक्तान गर्नुपर्ने रुपैयाँ तत्काल बुझाउन विभिन्न स्थानीय तहलाई आग्रह गरेको छ।

प्राधिकरणबाट स्वीकृति नलिई सडक बत्ती जडान गर्नु नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ (संशोधनसहित)को दफा २ को खण्ड (ङ १) बमोजिम गैरकानुनी रहेको प्राधिकरणले स्पष्ट पारेको छ ।

प्राधिकरणले ग्राहक नबनेका, महसुल नतिर्ने तथा प्राधिकरणको स्वीकृति बिना सडकबत्ती बाल्ने स्थानीय तहको जुनसुकै बेला बत्ती काट्न सक्ने चेतावनी दिएको छ।

शुक्रबार एक सार्वजनिक सूचनामार्फत् प्राधिकरणले यसअघि गरिएकाे सूचनालाई बेवास्ता गर्ने स्थानीय तहमा रहेका सडक बत्तीको विद्युत् लाइन जुनसुकै बखत काटिने जानकारी गराएको हो ।

यसबाट सर्वसाधारणमा पर्न सक्ने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ।

विद्युत् प्राधिकरणले स्थानीय तहलाई भन्यो-‘ सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्नू’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here