इलाम-२ मा सुहाङको उम्मेदवारी दर्ता,प्रस्तावक रवीन्द्र र समर्थक माओवादीका धीरेन्द्र

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा वाम गठबन्धनका सुहाङ नेम्बाङले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका सुहाङका प्रस्तावकमा रामप्रसाद सुवेदी र समर्थकमा धीरेन्द्र शर्मा रमण रहेका छन् ।

सुवेदी एमालेबाट सोही क्षेत्रमा उम्मेदवारको आकांक्षी समेत थिए। धीरेन्द्र भने माओवादी केन्द्रबाट उम्मेदवारका लागि सिफारिस समेत भएका थिए। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि एमाले र माओवादीबीच निर्वाचनमा सहकार्य गर्ने समझदारी बनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here