एयर इण्डियाले यस वर्ष मात्र भर्ना गर्यो ३८ सय पाइलट र एयरहोस्टेस

२५ चैत, काठमाडौं । भारतीय वायुसेवा कम्पनी एयर इण्डियाले सन् २०२४ मा मात्र ३८ सय भन्दा धेरै नयाँ पाइलट र एयरहोस्टेस भर्ना गरेको छ । आक्रामक बजार बिस्तार गरिरहेको यो कम्पनीले सन् २०२४ मा ५ हजार ७ सय नयाँ कर्मचारी भर्ना गरेको छ ।

त्यसमध्ये पाइलट र एयरहोस्टेस मात्र ३८ सय जना रहेको कम्पनीले जानकारी गराएको छ । विश्वभरका ठूला कम्पनीहरुले कर्मचारी कटौती गरिरहेको समयमा भारतबाट भने खुसीको खबर सार्वजनिक भएको हो ।

सन् २०२२ मा सरकारी वायुसेवा कम्पनी एयर इण्डियालाई टाटा समूहले आफ्नो स्वामित्वमा लिएको थियो । त्यसपछि यो समूहले कम्पनीलाई मुलुककै उत्कृष्ट वायुसेवा कम्पनी बनाउने उद्देश्यका साथ काम गरिरहेको छ । यसका लागि कम्पनीले ५ वर्षे व्यवसायिक योजना बनाएर काम गरिरहेको छ ।

गत वर्ष मात्र एयर इण्डियाले १६ नयाँ रुटमा उडान थालेको थियो । जसमध्ये ११ अन्तर्राष्ट्रिय रुट हुन् । कम्पनीले केही वर्ष भित्रै ४ सय भन्दा धेरै ठूला जहाज थप्ने योजना बनाएको छ । सोहीअनुसार जहाजको डेलिभरी हुन समेत थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here