फेरि बढ्यो सुनको भाउ, किन्न भन्दा बेच्न आउने ग्राहक धेरै

फाइलफोटो

काठमाडौं । यो महिना सुनको भाउले अन्तरराष्ट्रिय बजारमा तरंगनै ल्याएको छ। सुनको भाउले दिनदिनै नयाँ रेकर्ड बनाएर बजारलाई तरंगित बनाएको हो । अमेरिकी केन्द्रिय बैंकले बैंक ब्याजदर बढाउने आँकलन पश्चात सुनमा लानी गर्ने लगानीकर्ताहरुको ओहिरो लागेको छ । जसले गर्दा विश्वभर सुनको मूल्यले रेकर्ड कायम गरिरहेको छ ।

यसैबीच नेपालको अर्थतन्त्रमा पनि सुनको आकाशिएको भाउले प्रभाव पारेको देखिन्छ। नेपालमा पछिल्लो एक महिनामा सुनको मूल्य प्रतितोला १० हजार रुपैयाँले बढिसकेको छ ।

आज सुन हालसम्मकै उच्च अर्थात १ लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको छ। गत फागुन २५ गते प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज एकै दिन प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेको हो । यस्तै चाँदीको मूल्य पनि आज प्रतितोला १६ सय ७० रुपैयाँ पुगेको छ ।

बैंकमा थुप्रियो सुन

विबाहको सिजन शुरु हुनलाग्दा पनि सुनको भाउ उच्चदरले बढ्दा बैंकमा थुप्रिएको छ। अहिले सुन किन्ने भन्दा पनि बेच्न आउने ग्राहकको संख्या बढीहेको सुन व्यवसायीहरु बताउछन् ।

राष्ट्र बैंकले सुनको दैनिक कोटा बढाएर २० किलो पुर्‍याएकोमा यता ५ किलो सुन पनि बेच्न नसकिने अवस्था आएको व्यवसायीहरुको गुनासो छ । यसैबीच सुनको विक्री न्युन भएपछी व्यवसायीहरुको आग्रह अनुसार सुनको आयात रोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here