औद्योगिक र मानव निर्मित प्रदुषणको मारमा सिमरा विमानस्थल

काठमाडौं । तुवाँलो, हावाहुरी र औद्योगिक प्रदुषणको मारमा सिमरा विमानस्थल परेको छ । यो विमानस्थलमा पछिल्लो एक साता यता नियमित उडान हुन सकेको छैन ।

साता यता विमानस्थल वरपरको वन क्षेत्रमा लागेको डढेलोबाट निस्किने धुँवाको तुवाँलो, हावाहुरीसँगै उड्ने धुलोका कण र सिमरा जीतपुर क्षेत्रमा रहेका उद्योगबाट हुने प्रदुषणको कारण विमानका लागि आवश्यक भिजिबिलिटी नपुगेको विमानस्थल कार्यालयले जनाएको छ । बुद्ध एयरका अनुसार आइतबार दिनभर जसो यहाँ उडानहरु अवरुद्ध भए ।

नागरिक उड्डयन प्राधिकरण कार्यालय सिमराका अनुसार यो समस्या एक साताबाटै जारी छ । विमान उडान र अवतरणलाई चाहिने २ हजार ५ सय मिटर भिजिबिलिटी नपुग्दा यस्तो भएको हो । काठमाडौंबाट सबैभन्दा नजिक रहे पनि यो विमानस्थल व्यस्त मानिन्छ । अहिले यहाँबाट बुद्ध एयरका ७ र यति एयरलाइन्सका २ गरी ९ विमान उडान र अवतरणको तालिका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here