नैनिताल जिप दुर्घटनाका मृतक सातैजना नेपाली बर्दियाका

काठमाडौं । भारतको उत्तराखण्डस्थित नैनिताल जिल्लामा गाडी दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ।

उत्तराखण्ड राज्यको नैनीताल जिल्लास्थित बेतालघाट नजिक मंगलवार बिहान नेपाली श्रमिकहरू सवार यूके ०४ सीसी ०४९५ नम्बरको बोलेर जिप उचाकोट बेतालघाटमा दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा ज्यान गुमाउने सबै नेपाली बर्दिया जिल्ला बबईकाको रहेको खुलेको छ।

मृत्यु हुनेमा बर्दियाका मृतक नेपालीहरू ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धिरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल बस्नेत छन्।

यस्तै, जिप चालक नैनीताल बेतालघाटका राजेन्द्र कुमार (राजु) को पनि दुर्घटनामा मृत्यु भएको छ। घाइतेद्वय शान्ति चौधरी र छोटुको हल्द्ववानीमा उपचार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here