टिकटक प्रतिबन्धबाट टेलिकम कम्पनीलाई अर्बौ घाटा

काठमाडौं । सरकारले नेपालमा टिकटकमाथी प्रतिबन्ध लगाउदा टेलिकम कम्पनीहरुले अर्बौ घाटा बेहोर्नुपरेको छ। जसअनुसार निजी टेलिफोन सेवा प्रदायक एनसेललाई साढे एक अर्ब रुपैयाँ घटेको बताइएको छ ।

प्रविधि पत्रकार मञ्च (टिजेएफ)ले आयोजना गरेको ‘नेपालको दूरसञ्चार क्षेत्रको अवसर र चुनौती ‘विषयक अन्तरक्रिया कार्यक्रममा एनसेलका प्रमुख सूचना अधिकृत (सीआईओ) विशाल उपाध्यायले टिकटक प्रतिबन्ध हुँदा एक अर्ब ४४ करोड रुपैयाँ बराबरको आम्दानी गुमाएको बताएका हुन् ।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्‌ बैठकले सामाजिक सद्‍भाव र सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै नेपालमा टिकटक प्रतिबन्ध गरेको थियो । यता नेपाल टेलिकमले भने यसबारे केही जानकारी सार्वजनिक गरेको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here