एकाबिहानै गोरखामा भूकम्प

काठमाडौं, ४ असोज । शनिबार बिहान गोरखा र आसपासका जिल्लामा भूकम्पको धक्का महसुश गरिएको छ । गोरखा केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

बिहान ६ बजेर १९ मिनेटमा गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारीमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का गोरखासहित धादिङ, तनहुँ र लमजुङमा समेत महसुस भएको थियो । त्यसो त पछिल्लो एक हप्तामा यो पाँचौ पटक महसुश गरिएको भूकम्प हो ।

सुदूरपश्चिमा तीन र लमजुङ केन्द्रबिन्दु भएर एक पटक भूकम्पले धक्का दिइसकेकेको छ । १२ वैशाख २०७२ को केन्द्र समेत गोरखा नै हो ।

उक्त भूकम्प पछि पनि नेपालमा साना ठूला गरी सयौं भूकम्पको धक्का महसुश भइसकेको छ । नेपाल भूकम्पीय जोखीमका दृष्टिकोणबाट विश्वमै अग्रस्थानमा आउने मुलुकहरुको सूचिमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here