काठमाडौंमा यसरी मनाइयो इद (फोटो फिचर)

काठमाडौं । काठमाडौ.को घण्टाघरस्थित मस्जिद र अन्य इस्लामिक धार्मिक स्थलहरूमा बिहीबार बिहानै देखि इद–उल फित्र (इद) मनाइएको छ ।

इस्लाम धर्मावलम्बीले नमाज पढेर सकेपछि आफन्त लगायत सबैमा शुभकामना साटासाट गरी इद मनाइएको हो । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ ।

नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौं महिना हो। इद मनाउन सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here