फेवातालमा डुंगा पल्टियो, एक जनाको सकुशल उद्दार

काठमाडौं । बिहीबार दिउँसाे अचानक आएको हावाहुरीको कारण फेवातालमा डुंगा पल्टिएर दुर्घटनामा परेकी एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्दार गरेको छ ।

काठमाडौं महानगरपालिका- १७ सामाखुसीकी २५ वर्षीया अग्नि देवकोटा तालमा खसेकोमा फेवाताल बाराहीघाटस्थित सशस्त्र प्रहरीको रेस्क्यु वाच टावरमा खटिएको विशेष उद्धार तथा गोताखोर टोलीले तत्कालै सकुशल उद्धार गरेकाे हाे । अचानक आएको हावाहुरीका कारण डुंगा पल्टिदाँ देवकोटा तालमा खसेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here