आगलागीमा परेका तीनै बालकको मृत्यु, पुरै गाँउ शाेकमा

काठमाडौं । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ४ मा पर्ने सुँ सामुदायिक बनमा आगलागीमा परेका तीनै जना बालबालिकाको मृत्यु भएको छ ।

गत बिहिवार आगलागी घटनामा परेका डोल्पामा १० वर्षीय सुलस बुढाको र १२ वर्षीय विवस बुढा र १३ वर्षीय समन्त बुढाको उचारकाको क्रममा मृत्यु भएको हो ।

गाउँ नजिकै रहेको बनमा गुच्ची च्याउ टिप्न गएको बेला तीनै बालबालिका आगलागिमा परेर गम्भीर घाइते भएको थिए ।

मृत्यु हुनेमा एकै घरका दुइ बालबालिकाको रहेका छन् । डोल्पामै गत मंगलबार ठुलिभेरी नगरपालिका ४ मा पर्ने मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार सैनिकमध्ये तीन जनाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here