नेपालको लगातार दोस्रो जित, कतार ३२ रनले पराजित

काठमाडौं । एसीसी प्रिमियर कप २०२४ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको छ ।

शनिबार ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा १७८ रनमात्र बनाउन सक्यो ।

कतारका लागि मोहम्मद तनवीरले सर्वाधिक ६३ रन बनाए भने महम्मद हनाफले २३, हिमान्छु राथोडले २२, अनदान मिर्जाले १९, कमरन खानले १८ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २१ बलमा ६४ रनको आक्रामक अविजित खेले । दीपेन्द्रले अन्तिम ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी र गुल्सन झाले २/२ तथा कुशल मल्ल र अविनाश बोहराले १/१ विकेट लिए । यसअघि नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here