विदेशी मुद्राको विनिमय दर: यस्तो डलरदेखि रियालसम्मको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ घटेको छ ।

आज नेपाली बजारमा १ अमेरिकी डलरबराबर खरिद दर १३३.१७ रूपैयाँ र बिक्री दर १३३.७७ रूपैयाँ छ, जुन अघिल्लो कारोबार दिन (शुक्रबार) खरिद १३२.८० रूपैयाँ र बिक्री १३३.४० रुपियाँ थियो ।

शनिबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८० पैसा र बिक्रीदर १३३ रूपैयाँ ४० पैसा थियो । युरोपियन युरो एकको खरिदमा १४१ रूपैयाँ ९२ पैसा र बिक्रीमा १४२ रूपैयाँ ५६ पैसा छ ।

आज पाउण्ड स्टर्लिंग एकको खरिददर १६६ रुपैयाँ १२ पैसा रहेको छ भने विक्रीदर १६६ रुपैयाँ ८७ पैसा रहेको छ ।

त्यस्तै,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५७ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रुपैयाँ ६९ पैसा र बिक्रीमा ८ रूपैयाँ ७३ पैसा रहेको छ ।

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २७ रूपैयाँ ९२ पैसा र बिक्रीदर २८ रूपैयाँ ०४ पैसा पाइन्छ ।

कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ १९ पैसा र बिक्रीदर ४३४ रूपैयाँ १३ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ २१ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ८० पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here