काठमाडौं । । भक्तपुरको मध्यपुरथिमी क्षेत्रमा सिन्दुरे जात्रा मनाइएको छ। मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा सिन्दुर जात्रा गरी २८ देवीदेवताका मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराइएको थियो।
मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाइने गरिन्छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।
बिस्केट जात्राको अवसरमा थिमिका स्थानीयवासीले बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सिन्दुर जात्रा मनाउने गर्दछन् ।
स्थानीय बाजागाजासहित आएका भक्तजनले खटलाई घुमाउँदा जात्रालुहरुले एकअर्कामा सिन्दूर छर्कने भएकाले यस जात्रालाई सिन्दुर जात्रा भन्ने गरिएको छ।




photo: RONB
























